हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने  | Khabarhub Khabarhub

हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो बन्दमुखि म्युचुअल फण्ड निष्काशन गर्ने लागेको हो । 

बैंकरले भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने भएको हो । 

बैंकरले प्रतिइकाई १० रुपैयाँका दरले ४ अर्ब रुपैयाँको ४० करोड इकाई फण्ड हुने छ । जसको ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवर्द्धकलाई र बाँकी २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा गर्ने भएको छ । 

फण्डमा न्यूनतम १०० इकाईका र अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सकिने छ । 

फण्ड १० वर्षको समायावधि रहने छ । फण्डमा छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गतेसम्म निष्काशन हुने छ । उक्त फण्डको प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ भने निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ९ : ३७ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो