मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्छ : शशांक कोइराला « Khabarhub

मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्छ : शशांक कोइराला


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल हो कि खराब हो भन्नेबाट हुने बताएका छन् । 

नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर- १ द्वारा आयोजित पूर्व जिल्ला सभापति बासुदेव शरण कोइरालाको शोकसभालाई सम्बोधन गर्दै डा. कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताए । 

डा कोइरालाले बीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केही गरौँ भन्ने भावना भएकाले अहिलेसम्मै पनि उनको स्मरण गरिरहेको बताए । कोइरालाले मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि समर्पण गर्नुपर्ने बताए।

मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यति नै प्रसिद्धि कमाउने डा. कोइरालाको भनाई थियो । डा. शशांकले बासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरुका लागि समर्पण गरेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : १० बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि