मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन | Khabarhub Khabarhub

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पुर्‍याउने उद्देश्यसहित नगरकोटमा स्थापना गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको शुक्रबार उद्‌घाटन गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले आज एक विशेष समारोहबीच सो केन्द्रको उद्‌घाटन गरेका हुन्। उद्‌घाटन कार्यक्रममा मन्त्री यादवले केन्द्रले खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारी, प्राविधिक र सरोकारवालालाई अनुसन्धानमा आधारित, व्यावहारिक तथा दक्षता अभिवृद्धिका तालिम प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको बताए।

उनले भने, ‘यो केन्द्रबाट देशभरिका खानेपानी तथा सरसफाइसम्बन्धी जनशक्ति प्रशिक्षित भई सेवा प्रवाहलाई अझ प्रभावकारी, जनमुखी र नवप्रवर्तनमैत्री बनाउन मद्दत पुग्नेछ ।’ 

आजको बदलिँदो प्रविधि र बढ्दो जनसङ्ख्याको सन्दर्भमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी तथा सरसफाइ सेवाप्रवाहको आवश्यकता झन् बढेकाले यस्तो अवस्थामा यो केन्द्र अनुसन्धान र अभ्यासमा आधारित तालिम, नवप्रवर्तन र नीतिनिर्माणमा समेत सहयोगी बन्ने मन्त्री यादवले बताए ।

केन्द्रको संरचनागत व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले कार्यकारी निर्देशकका रूपमा सहसचिवस्तरको दरबन्दीको व्यवस्था गरिएको र यस केन्द्रको नेतृत्व सहसचिवले गर्ने व्यवस्था गरेपछि सञ्चालन व्यवस्थापनमा थप प्रभावकारी हुने विश्वास गरिएको मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख अशोक पौडेल, मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : ०९ बजे

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं– नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न

बढी कमाउने विकास हाइड्रोपावर, बढी गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५

१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया

काठमाडौं– सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न

रास्वपाबाट निलम्बित भए नेता कँडेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक

कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा 

काठमाडौं– नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्