भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग | Khabarhub Khabarhub

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा जोडदारका साथ उठाएर समाधान खोज्न आग्रह गरे ।

सांसद घनश्याम रिजालले भारत र चीनले नेपालको उपस्थिति र सहमतिबिना नै आपसी व्यापारिक प्रयोजनका नेपाली भूभाग लिपुलेक नाकालाई पुनः सञ्चालन गर्ने निर्णय आपत्तिजनक विषय भएको भन्दै कूटनीतिक नोट पठाएर विवादको समाधान खोज्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका दौरानमा यो विषयलाई बलियोसँग उठाएर किनारा लगाइनुपर्नेमा जोड दिए  ।

सांसद पदमबहादुर परियारले नेपालको स्वीकृतिबिना भारत र चीनले नेपालको भूमि प्रयोग गर्दै गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरे । उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको समयमा यो विषयलाई कूटनीतिक तवरबाट समाधान खोज्न पहल गर्दै तत्काल कूटनीतिक नोट भारत र चीनलाई पठाउन सरकारसमक्ष माग गरे ।
     
सांसद मनरुपा शर्माले लिपुलेकको विषयमा सरकारले स्पष्ट धारणा बाहिर ल्याएर समस्याको समाधान खोज्न माग गरिन् । सांसद रुक्मिणी कोइरालाले भर्खरै चीन र भारतद्वारा नेपालको लिपुलेक, लिम्पयाधुरा र कालापानी हुँदै व्यापारिक सम्झौता गरेकामा आपत्ति जनाउँदै कूटनीतिक पहलद्वारा समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद रेणु चन्दले सरकारले महिलामैत्री कानुन निर्माण गर्न र उनीहरुको वृत्तिविकासमा प्रोत्साहन गर्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद विष्णुकुमारी सापकोटाले नेपालको लिपुलेकबारे दुई छिमेकी मुलुकले गरेको अतिक्रमणबारे सरकारले कूटनीतिक पहलमार्फत समाधान खोज्नुर्नेमा जोड दिइन् । सांसद विष्णुबहादुर विश्वकर्माले दुई छिमेकी मुलुक भारत र चीनले नेपालको भूभाग प्रयोग गरेर व्यापारिक सम्झौता गरिनु नेपालमाथिको हस्तक्षेप भएको बताए  ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले चिनियाँ विदेशीमन्त्रीको भारत भ्रमणका क्रममा दुई देश भारत र चीनले लिपुलेक नाकाबाट पुनः व्यापार खोल्ने विषय नेपाललाई जानकारी नदिईकन गरिएको विषय खेदजनक भएको भन्दै चाँडो कूटनीतिक पहल गरेर समस्याको समाधान खोज्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए  । रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ०५ बजे

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ

जेनेभा– विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम

आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’

मकवानपुर- सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मातहतका प्रहरी कर्मचारीलाई

बीपीका पालाको जस्तो कांग्रेस बनाउन म पार्टी सभापति बन्नै पर्ने अवस्था आयो : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बीपी कोइरालाका पालाको

ग्यास भण्डारको उत्पादकत्व निर्धारण गर्न ‘जिटूजी’मार्फत अनुरोध

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा भेटिएको प्राकृतिक

प्रतिनिधिसभाबाट दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाबाट ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई