पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप « Khabarhub

पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप

एमालेले कसैको सदस्यता नखोसेको जिकिर


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झुक्याएर पार्टी सदस्यता नवीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार अपरान्ह आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउने क्रममा च्यासलबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको साउन ५-६ गतेको निर्णयबारे पनि ओलीले स्पष्ट हुन आग्रह गरे ।

उनले नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीले राष्ट्रपति पदमा गएपछि पार्टी सदस्यता त्यागेको दाबी गरे । ‌भण्डारीले शीतल निवासबाट बाहिरिएपछि यसअघि त्यागेको पार्टी सदस्यता नवीकरण या नयाँका लागि निवेदन नै नदिएको उनले जिकिर गरे ।

‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुरा आएका छन्’, उनले भने, ‘खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।’

पूर्वराष्ट्रपतिले बाहिर बोल्दै हिँडे पनि पार्टीमा सदस्यता नवीकरणका लागि निवेदन नदिएको पनि ओलीको जिकिर छ । ओलीले पार्टीमा असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको भन्दै भण्डारीप्रति आक्रोश व्यक्त गरे ।

‘उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको छैन’, उनले भने, ‘पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकालाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना गरेका थिएनौँ ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ०६ बजे

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै