सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री « Khabarhub

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् । 

युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नं ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षारोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल अकल्पनीय समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताइन् ।  

सो समारोहमा उनले भनिन्, ‘नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा परेको छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था पनि छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने अवस्था छ ।’

नेपालले केही महिनाअघि पनि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्था र व्यवस्थाका बारेमा आफ्ना धारणा सहितको २५ बुँदे कार्य योजना समेत सार्वजनिक गरेको जानकारी उनले दिइन् । 

मन्त्री डा राणाले नेपालका तर्फबाट आफूले पहिलो पटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गर्दै अब कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्डसहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि लाग्ने पनि जानकारी गराइन् ।    

अहिले देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न र भोलिको पुस्ताको भविष्यलाई सुरक्षित बनाइराख्न मुलुकको युवा पुस्ताको भूमिका अझ महत्त्वपूर्ण रहेको उनको भनाई थियो । 

यस विषयमा थप अध्ययन अनुसन्धान गर्न, वातावरण संरक्षणका कार्यक्रमहरूमा सहभागिता जनाउन र नेपालको प्राकृतिक क्षेत्र र जल सम्पदाको संरक्षण र संवर्द्धनका क्षेत्रमा अहिल्यैदेखि लाग्न उनले युवा पुस्तालाई सुझाव पनि दिइन् ।  
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : १४ बजे

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन