पुटिनसँग डराउँदै ईयू, कूटनीतिज्ञले भने – हामी जोगिनुपर्छ « Khabarhub

पुटिनसँग डराउँदै ईयू, कूटनीतिज्ञले भने – हामी जोगिनुपर्छ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – छिमेकी मुलुक युक्रेनमा अतिक्रमण युद्ध लडिरहेको रूससँग यूरोपेली सङ्घ (ईयू) त्रसित देखिएको छ । रूससँग यूरोप डराइरहेको छनक ईयूका एक शीर्ष दूतले नै दिएका हुन्‌ ।

अमेरिकी नेतृत्वको उत्तर आन्ध्र सन्धि सङ्गठन (नाटो) मा आवद्ध मुलुकसमेत सदस्य रहेको ईयू रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत शुक्रबार अलास्कामा भेटघाट भएपछि झस्किएको हो ।

ह्वाइटहाउसमा ईयूका नेताहरू र अमेरिकी राष्ट्रपति ट्रम्पबीच युक्रेन शान्तिवार्ताबारे छलफलपछि ईयूका शीर्ष कूटनीतिज्ञ कजा कल्लासले भने, ‘युक्रेनमा कब्जा गरिएका इलाका आफ्नो साथमै राखेर पुटिनले हामीलाई फसाउन चाहेका छन्‌ । भविष्यमा हुने शान्ति सम्झौतामार्फत दबाब बढाएर युक्रेनलाई उक्त जमिन त्याग्न बाध्य बनाउने रूसी योजना छ ।’

रूसको यो षडयन्त्रप्रति सतर्क रहनुपर्ने बताउँदै कल्लासले रूसले युद्धका क्रममा अतिक्रमण गरेको युक्रेनका इलाकाहरू आफूमै गाभ्न खोजिरहेको उल्लेख गरे । पछिल्लो शताब्दीमा रूसले युक्रेनको क्रिमिया प्रायद्वीपदेखि डोनबाससम्मका क्षेत्र अतिक्रमण गरिसकेको छ ।

पूर्वी युक्रेनको डोनबास इलाका लामो समयदेखि रूसको निशानामा छ । रूसले गरेको हमलाका कारण त्यहाँबाट पछिल्लो एक दशकमै १५ लाख युक्रेनीहरू पलायन भइसकेका छन्‌ ।

युक्रेनले शान्तिको साटो रूसलाई डोनबास इलाका सुम्पिन नसक्ने बताउँदै आएको छ । जबकि शान्तिवार्ता प्रयास गरिरहेका भनेका अमेरिकी राष्ट्रपति ट्रम्पले इलाका साटफेर गर्न सल्लाह दिइरहेका छन्‌ ।

पछिल्लो साता फ्रान्स, जर्मनी, इटाली र फिनल्याण्ड लगायत प्रमुख यूरोपेली देशले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग ह्वाइटहाउसमा कुराकानी गरेका थिए । त्यसपछि उनीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटघाट गरेका थिए ।

पछिल्लो भेटघाटमा रूस-युक्रेन युद्ध अन्त्य गर्नेबारे कुराकानी भएको उनीहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २३ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध