आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’ « Khabarhub

आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मातहतका प्रहरी कर्मचारीलाई राष्ट्र र जनताको सुरक्षामा समर्पित भएर काम गर्न निर्देशन दिएका छन्।

सीमित स्रोत–साधन हुँदा पनि ‘म होइन, हामी’ भन्ने मान्यतासहित जिम्मेवारी पूरा गर्न पनि निर्देशन दिएका छन् ।

आईजीपी अर्यालले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरको आठौँ वार्षिकोत्सवको अवसरमा उनले उक्त निर्देशन दिएका हुन्।

कार्यक्रममा उनले वर्षभरि उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी, सहयोगी संघ–संस्था, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा स्थानीय महानुभावलाई पुरस्कार, कदरपत्र र प्रशंसा पत्र पनि प्रदान गरे।

उनले विपद् उद्धारमा बाहिनी र मातहत युनिटले गरेको योगदान सराहनीय रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले सामुदायिक स्वयंसेवक (डिजास्टर भोलिन्टियर) तयार गरिरहेको बताए । यसले विपद् उद्धार र सचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास उनले जनाए ।

अर्यालले सशस्त्र प्रहरीलाई राष्ट्र र जनताको सुरक्षा, सहयोग, उद्धार, विपद् व्यवस्थापन, सीमा सुरक्षा, राजश्व संकलन र आन्तरिक सुरक्षामा अझ व्यावसायिक, इमान्दार, नैतिकवान् र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए। उनले परिस्थिति अनुरूप निर्णय गर्ने क्षमता विकास गरी त्रुटिरहित कार्यसम्पादनमा जोड दिए।

गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले मातहत युनिटका कर्मचारीहरू व्यावसायिक ढंगबाट इमान्दारीपूर्वक कार्यसम्पादन गर्दै आएको बताए।

कार्यक्रममा नेपाली सेना मध्य पृतना मुख्यालय मकवानपुरका उपरथी हरेन्द्र पाठक, अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई, स्थानीय भद्रभलाद्मी, विभिन्न संघ–संस्था, सुरक्षा निकायका प्रमुख र अवकाशप्राप्त प्रहरीसमेत सहभागी थिए।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ३९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्