राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाले पारित गरेको हो । उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछ ।
 
विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराएका थिए । उक्त विधेयक २०८२ साल असार १४ गते  प्रतिनिसिधाबाट पारित भएको थियो ।

त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउन सक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गरे  । 

गृहमन्त्री लेखकले भने, ‘हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ । सबैको साझा प्रयत्नले यो सम्भव भएको छ । विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिक रूपमा सुनिश्चित गरेको छ । कानुनको अभावका कारण आमाको नामबाट नागरिकता दिन सक्ने अवस्था थिएन । अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ ।’

नेपालको संविधानको व्यवस्था अनुरूप कुनै पनि नागरिकलाई नागरिकताप्राप्त गर्नबाट वञ्चित नगर्ने भन्ने भावनाका साथ विधेयक ल्याइएको उनले उल्लेख गरे ।

उनले विधेयकलाई थप उन्नत, वैज्ञानिक र व्यावहारिक र सरलीकृत गरेर पारित गरेकामा सभालाई धन्यवाद दिए ।

विधेयकमाथिको छलफलमा सांसदहरू कृष्णबहादुर रोकाया, रेनु चन्द, गोपाल भट्टराई, पूजा चौधरी, मायाप्रसाद शर्मा, पदबबहादुर परियार, बिष्णुबहादुर विश्वकर्मा र सुरेश आलेमगर सहभागी भएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार आम नेपाली नागरिकलाई नागरिकता प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार आमा वा बाबुको नाम राखेर सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ५२ बजे

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी