सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का « Khabarhub

सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचान मात्र नभई ‘ऊर्जाको राजधानी’ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज खाँदबारी नगरपालिकाले आयोजना गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा उनले अपर अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको प्रत्यक्ष सहभागितामा अघि बढाइने योजना रहेको बताए ।

मन्त्री खड्काका अनुसार जिल्लाका करिब ४० हजार घरपरिवारलाई प्रतिघर पाँच लाख रुपैयाँका दरले सेयर उपलब्ध गराइने जानकारी दिए। आयोजना निर्माण ५० प्रतिशत पुगेपछि सेयर निष्कासन सुरु गर्ने तयारी गरिएको उनले बताए ।

‘यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन, यसले यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउन ठूलो योगदान गर्नेछ’, उनले भने । विपन्न वर्गलाई समेत सहभागी गराउने उद्देश्यसहित करिब १२ देखि १५ प्रतिशत नागरिकलाई बैंकमार्फत निःशुल्क ऋण उपलब्ध गराइने उनले बताए ।

अपर अरुण नेपालकै महत्वाकाङ्क्षी जलविद्युत् आयोजनामध्ये एक हो । यसले उत्पादन गर्ने विद्युत् मात्र होइन, आयोजनामा स्थानीयको प्रत्यक्ष सहभागिताले पनि प्रदेश र देशको अर्थतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : १३ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते