नेपाल टेलिकमले ल्यायो दशैँ तिहार अफर, यस्ता छन् छुट र अफर « Khabarhub

नेपाल टेलिकमले ल्यायो दशैँ तिहार अफर, यस्ता छन् छुट र अफर


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वको अवसरमा दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ । 

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू सोमबारदेखि प्रारम्भ हुनेछन् ।

यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क ५०० रुपैयाँ मिनाहा गरिएको टेलिकमले जनाएको  छ । 

यसै गरी दशैँ-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ । 

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन उचित उपयोग नीति (एफयूपी) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन एफयूपीमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

यो अफर लिन मोबाइलबाट १४१५११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : ११ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन