अमेरिकाले सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता « Khabarhub

अमेरिकाले सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राजदूत डीन.आर. थम्पसनले सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर थम्पसनले खनालसँगको छलफलमा मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसीसी) कार्यान्वयनमा थप प्रतिबद्धता खोजेका छन् ।

भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि परिवर्तित अवस्था र अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो ।

उक्त भेटमा राजदूत थम्पसनले एमसीसीको सहयोगमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्ने कार्ययोजनामा नेपाल सरकारको थप प्रतिबद्धता जरूरी रहेको पनि बताएका छन् ।

उक्त भेटमा अर्थमन्त्री खनालले एमसीसी परियोजनाको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा ढिलाइ नहुने विश्वास दिलाएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : ४३ बजे

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

तेहरान – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा