चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो « Khabarhub

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको नयाँ लिङ्गो घटस्थापनाको दिन पारेर आज फेरिएको छ ।सदरमुकाम खलङ्गा बजारमा रहेको सो मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

हरेक वर्ष घटस्थापनाका दिन फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको हो । मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ ।

भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन छ । वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहेको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गरेका छन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गरिन्छ । लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा छ । जसले मार्सीधानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ ।

दशक अघिसम्म लिङ्गो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्री ल्याउने चलन थियो ।अहिले यो परम्परा लोप भएको चन्दननाथ–भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १० : ०० बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले