पूर्वराष्ट्रपति भण्डारीको घरमा आगो : पक्राउ परेका सोनम थेबे युवासंघको सदस्य नभएको जिकिर « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको घरमा आगो : पक्राउ परेका सोनम थेबे युवासंघको सदस्य नभएको जिकिर


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा भएको आगजनी घटनासँग आफ्नो संगठनलाई जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएको छ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरूमा सोनम थेबेलाई संघको नेता भन्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

संघका प्रवक्ता निरोज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाका सवालमा सधैं राजनीतिक, सामाजिक र कानुनी मूल्य–मान्यताको अधिनमा रहेर काम गर्दै आएको छ।’

संघले घटनामा संलग्न भनिएका सोनम थेबे हाल संघको कुनै पनि तह वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ। संघका अनुसार उक्त नाममार्फत संगठनको छवि बदनाम गर्ने प्रयास भएको छ ।

संघले सञ्चारमाध्यम र आम जनतालाई गलत प्रचारमा नपर्न आग्रह गरेको छ। संगठनका कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्‍याउने वा गैरकानुनी कार्यमा संलग्न भएमा आन्तरिक अनुशासन र कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने भनेको छ।

विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता र जनताको हितलाई संगठनका मूल आधार स्तम्भका रूपमा व्याख्या गर्दै, ‘त्यसको विरोधमा हुने कुनै पनि गतिविधिलाई राष्ट्रिय युवा संघ नेपालले कहिल्यै समर्थन गर्दैन,’ भनिएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : ०० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका