जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुस्मनी मोल्दैछ « Khabarhub

जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुस्मनी मोल्दैछ


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् ।

आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले रोष प्रकट गरेका छन् । पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए ।

‘यो सरकारले अपराधीलाई कारबाही गर्न मानेको छैन । स-प्रमाण पक्राउ परेकालाई पनि गृहमन्त्री ओमप्रकाश अर्याललले छाड्न भनेका छन्’, उनले भने, ‘गृहमन्त्रीले हिजो मात्रै दिएको अन्तर्वार्तामा बोलेका कुराले पनि सरकारको मनासय बुझ्न सकिन्छ । तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई बचाउने पक्षमा उहाँहरूको मनोभाव छ ।’

ओलीले आन्दोलनका नाममा जसलाई मर्का परेको छ, क्षति भएको छ, तिनीहरूमाथि सरकारमा दुस्मनी साँध्दै हिँडेको बताए ।

‘गृहमन्त्री अर्याल ममाथि व्यक्तिगत रिसइबी साँध्दैछन् । उनको र यो सरकारका मान्छेको घर र जग्गाको साँध सिमाना मैले मिचेको छैन तर दुस्मनी ममाथि साँधिरहेको छ’, उनले भने, ‘यो सरकारले केही गर्ने योजना बनाइरहेको सूचना आएको छ ।’

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ०४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका