लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ : संयोजक दाहाल « Khabarhub

लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ : संयोजक दाहाल


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल संवत् ११४६ को शुभ अवसरमा आज सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै संयोजक दाहालले भने, “आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ । लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।”

नेपाल संवत् नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै संयोजक दाहालले भने, “यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो । सबै जातजाति र समुदायको साझा गर्व तथा सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ ।”

परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै संयोजक दाहालले संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा सङ्कल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ४२ बजे

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु