तिहार सुरु भएसँगै साढे ४४ हजार जना काठमाडौँबाट बाहिरिए « Khabarhub

तिहार सुरु भएसँगै साढे ४४ हजार जना काठमाडौँबाट बाहिरिए


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, “तिहार सुरु भएसँगै काठमाडौँका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयको तत्थ्याङ्कअनुसार नागढुङ्गा नाका सबैभन्दा व्यस्त नाका देखिएको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । यसैगरी थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएका छन् ।

चाडपर्वमा हुनसक्ने ट्राफिक जाम, सवारी दुर्घटना र यात्रु ठगीजस्ता घटनालाई न्युनिकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको प्रवक्ता सुवेदीले बताए । उनले भने, “नाकाहरुमा ट्राफिक चेकपोइन्ट सक्रिय बनाइएको छ भने लामो दूरीको सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने गरी निगरानी गरिँदैछ ।”

सार्वजनिक यातायातमा यात्राको सहजतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा थाल्न सुझाव दिनुका साथै कुनै समस्या वा ठगी भएमा तत्काल ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ४६ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको