जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने « Khabarhub

जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोेकियो सप्ताह’ हुन लागेको हो ।

जापानको टोकियोस्थित शिन्ज्युकुमा हुन लागेको उक्त सप्ताहव्यापी महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्ने कार्यक्रम रहेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए ।

“जापानमा नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको हो”, अध्यक्ष लामिछानेले भने । अध्यक्ष लामिछानेले एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको लक्ष्य भएता पनि नेपालीबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने उद्देश्य रहेको बताए ।

एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकिकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा जमिन खरीद भइसकेकाले उक्त जग्गामा भवन निर्माणका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिए ।

महायज्ञले नेपाली कला संस्कृतिलाई जापानमा प्रवद्र्धन गर्न र अर्को पुस्तालाई पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्वपूर्ण कदम हुने विश्वास आयोजकले लिएको छ ।

सप्ताहव्यापी ज्ञान महायज्ञ ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु गरिने र हरेक दिन पूजा पाठ, प्रवचन, भजनकीर्तन र प्रसाद ग्रहण–वितरण गरिने कार्यक्रम रहेको छ । महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले परिणाममुखी बनाउन विभिन्न उपसमिति समेत निर्माण गरिएको एनआरएनए जापानले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ५५ बजे

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु