खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी « Khabarhub

खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला- संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रुपमा तयार गरेको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै जुम्लासहित माथिल्लो कर्णाली भेगका जनतामा खुसी छाएको छ ।

खस भाषाको उद्गमस्थलका रुपमा परिचत जुम्लासहित कर्णाली क्षेत्रका जनताले ४० हजार शब्दसहितको महत्वपूर्ण एवं ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक प्रकाशन भएकामा लेखक तथा कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रकाशित उक्त पुस्तकले खस भाषाको संरक्षण र प्रवद्र्धनमा सहयोग पुर्‍याउन पुस्तकका लेखक आचार्यले जानकारी दिए ।

चन्दननाथ नगरपालिका–१ निवासी संस्कृतिविद् रमानन्द आचार्यले पुस्तक तयार गर्नेक्रममा सम्बद्ध पक्ष र क्षेत्रसँग १७ वर्षसम्म भएको छलफल तथा भेटघाटलाई समेत आधार बनाएर प्रकाशन गरिएको पुस्तकले खस भाषाको संरक्षण र सम्वद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खस भाषा शब्दकोषका रुपमा प्रकाशित सो पुस्तक सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  २ : ०५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्

ओली-देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

काठमाडौं- देशको ठूलो दल नेपाली कांग्रेस पनि भदौ २७ गते

केपीलाई बिन्दाको सुझाव : सम्मानपूर्वक नेतृत्व छाडेर एमालेको अभिभावक बन्नुस्

काठमाडौं- नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले आफू

पोखरा विमानस्थल भ्रष्टाचार : ४ खर्ब ५१ अर्ब बढी बिगो माग गर्दै अख्तियारले दायर गर्‍यो मुद्दा (विज्ञप्तिसहित)

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष

चिनियाँ कम्पनी सीएएमसीको निर्णायक भूमिका, ‘मतियार’का रुपमा भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा