राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ : उपाध्यक्ष घिमिरे « Khabarhub

राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ : उपाध्यक्ष घिमिरे


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति सुख, शान्ति, समृद्धि र सुरवारध्यको हार्दिक शुभकामना व्यक्त गर्दै सो आवश्यकता औंल्याएकी हुन् ।

उनले भनेकी छिन्, “जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु ।” नेपाल सम्वत् ११४६ को आगमनले हाम्री मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उनको भनाइ छ ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले लिच्छवीकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई प्रचलनमा ल्याएको नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय सम्वत् भएको उनले उल्लेख गरिन् । विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुर तथा नेवार समुदायको बाहुल्यता भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो सम्वतले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल्पलाई पनि बलियो बनाउने काम गरेको छ ।

उनले भनेकी छिन्, “नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्, चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छन् ।” संविधानले निर्दिष्ट गरेको संसदीय शासन प्रणालीमा संसद राष्ट्रको सर्वोच्च नीति निर्माण निकायका रूपमा स्थापित गरेको उनको भनाइ छ ।

त्यसको स्थायित्व र गरिमा जोगाउन राष्ट्रियसभाको भूमिका अत्यन्त महत्वपूर्ण र राष्ट्रिय सभाले विधायन, नीतिगत सुझाब, तथा संचीप मूल्य र मान्यताहरूको शुद्धीकरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपाध्यक्ष घिमिरेले उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ३ : ०६ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको