गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली « Khabarhub

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको व्यक्तिगत दुस्मनी आफूमाथि देखिएको बताएका छन् । बुधबार भक्तपुर बालकोटस्थित आगजनी गरिएको आफ्नो घर अवलोकनपछि प्रतिक्रिया दिँदै उनले बताएका हुन् ।

अहिलेसम्म अपराधीलाई कारबाही गर्न सरकारले नमानेको भन्दै अध्यक्ष ओलीले अपराधीलाई छोड्न गृहमन्त्रीले आदेश दिएको समेत बताए । गृहमन्त्री अर्यालले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनको उद्देश्य देखिएको उनको भनाइ छ ।

‘हिजोमात्रै गृहमन्त्रीको मैले अन्तर्वार्ता हेरेँ, उहाँको सभ्यता, उहाँको संस्कृति, उहाँको मनसाय, उहाँको आशय, उहाँको गन्तव्य, उहाँले गर्न खोजेका कुराहरू त्यसबाट देखिन्छ र ती अभिव्यक्तिहरूमा सरकार, सरकारको मनस्थिति, सरकारको उद्देश्य, सरकारको गन्तव्य गृहमन्त्रीको हिजोको अन्तर्वार्तामा छर्लंग देखिन्छ, गृहमन्त्रीजीको मनसाय पूराका पूरा देखिन्छ’, उनले भने ।

सरकारको मनोभाव तोडफोड र लुटपाटको पक्षमा भएको भन्दै अध्यक्ष ओलीले मर्का परेका र क्षति पुगेकाप्रति सरकारको दुस्मनी रहेको भन्दै आफूमाथि दुश्मनी रहेको बताए ।

‘जसलाई मर्का परेको छ, क्षति परेको छ, तिनीहरूमाथि उहाँको दुस्मनी देखिन्छ’, उनले भने, ‘अर्को कुरा के भने उहाँको दुस्मनी ममाथि देखिन्छ, व्यक्तिगत दुस्मनी देखिन्छ, मैले उहाँहरूको सीमा मिच्या छैन, घर कहाँ हो थाहा पनि छैन ।’

उनले आफूलाई सरकारमाथि गम्भीर आशंका भएको बताएका छन् । सरकारले जेन-जी भनिएकाहरूलाई सरकारले आफैँ बोलाएर आफूहरूमाथि कारबाहीको लागि दबाब दिन लगाएको समेत बताए ।

‘मलाई गम्भीर आशंका छ सरकारमाथि, सरकारले केही गर्ने गम्भीर योजना बनाइराखेको गम्भीर आशंका छ । किनभने सरकारले जेन-जी होइनन् जेन-जी भनिएकालाई बोलाएर तिमीहरू हामीलाई दबाब देऊ, हामीकहाँ डेलिगेसन आऊ, हामीलाई गाली गरेजस्तो गर अनि दबाब देऊ, अनि त्यो दबाबमा पर्‍यौँ भनेर हामी कारबाही अगाडि बढाउँछौं, फलानालाई गिरफ्तार गर्छौं भनेर सिकाएर पठाउनुहुन्छ’, उनले भने ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ०२ बजे

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु