टिकटक स्टार खाबी लेमको मृत्यु भएको हल्ला झुटो « Khabarhub

टिकटक स्टार खाबी लेमको मृत्यु भएको हल्ला झुटो


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालसालै सामाजिक सञ्जालमा विश्वप्रसिद्ध टिकटक स्टार खाबी लेमको “दुर्घटनामा मृत्यु” भएको अफवाह फैलिएको छ । आफ्ना शब्दविहीन हास्य भिडियोहरू र आइकनिक ह्याण्ड–जेस्चरहरूका कारण विश्वभर लोकप्रिय खाबीबारे अक्टोबर २०२५ मा विभिन्न प्लेटफर्महरू फेसबुक, युट्युब र एक्समा उनी कार दुर्घटनामा निधन भएको दाबीसहितका पोस्टहरू तीव्र गतिमा फैलिएका थिए।

केही पोस्टहरूमा त ध्वस्त गाडीका तस्बिरहरू समेत प्रयोग गरिएका थिए, जसले फ्यानहरूबीच ठूलो भ्रम र चिन्ता सिर्जना गर्‍यो । खाबी लेमले दैनिक रूपमा सामाजिक सञ्जालमा अपडेट नगर्ने भएकाले पनि ती अफवाहहरू थप तीव्र गतिमा फैलँदै गयो ।

यो छिट्टै भाइरल भयो । तर, केही घण्टामै अन्तर्राष्ट्रिय तथ्य–जाँच संस्था रोयटर्स र स्नोप्सले ती दाबी झूठो भएको पुष्टि गरेका छन् । कुनै पनि विश्वसनीय समाचार स्रोत वा खाबी लेमका आधिकारिक प्रतिनिधिले यस्तो घटना भएको पुष्टि गरेका छैनन् ।

यी गलत पोस्टहरू प्रायः क्लिकबेट वेबसाइटहरू र फिशिङ लिंकहरूबाट सुरु भएका थिए, जसको उद्देश्य प्रयोगकर्ताबाट डाटा संकलन गर्ने वा भ्युज बढाउने रहेको पाइयो । सेनेगलमा जन्मिएका र इटालीमा हुर्किएका खाबी लेम सन् २०२० मा कोभिड–१९ महामारीका कारण रोजगारी गुमेपछि टिकटकमा सक्रिय बनेका थिए।

उनले शब्दविहीन हाँस्य भिडियोहरू बनाएर विश्वभरका दर्शकहरूको मन जिते र छोटो समयमा नै टिकटकका सबैभन्दा बढी फलोअर भएका व्यक्ति बने। खाबी लेम पूर्ण रूपमा जीवित, स्वस्थ र सक्रिय छन् । अक्टोबरमा फैलिएका उनका दुर्घटनासम्बन्धी अफवाहहरू आधारहीन र झूटो सावित भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : १७ बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली