गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ? « Khabarhub

गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ?


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका क्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले ‘क्रिमिनल नेग्लिजेन्सी’ गरेको भनेर टिप्पणी गर्दै आएका छन् ।

अधिवक्ता हुँदै जेनजी आन्दोलनपश्चात बनेको सरकारमा गृहमन्त्री भएका अर्यालले किन ओलीले ‘क्रिमिनल नेग्लिजेन्सी’ गरेको भन्दै कठोर रूपमा प्रस्तुत भएका हुन् ?

मन्त्री अर्यालले ओली लक्षित टिप्पणी गरेको सो अंग्रेजी शब्दको अर्थ ‘डिस्नेरी डटकम’ ले कसैको लापरवाहीका कारण हुने हानी वा मृत्युको आपराधिक जिम्मेवारीलाई औंल्याएको छ ।

‘लापरवाहीको त्यस्तो कार्य वा अभ्यास जसमा कुनै व्यक्तिले अरूको हेरचाह, सुरक्षा र संरक्षणलाई सुनिश्चित गर्न उचित हुने कुरालाई बेवास्ता गर्दछ, जस्तैः बच्चाको पुग्ने दूरीभित्र लोड भएको बन्दुक राख्नु, र यसको परिणामस्वरूप भएको कुनै पनि हानि वा मृत्युको लागि त्यो व्यक्ति आपराधिक रूपमा जिम्मेवार हुन्छ’, डिस्नेरी डटकमले परिभाषित गरेको छ ।

विश्वका धेरै अदालतमा क्रिमिनल नेग्लिजेन्सीको विषयमा मुद्दा दर्ता हुने गरेको र सो प्रकृतिको मुद्दाको अभ्यास सन् १६८५ देखि ९५ बाट नै भएको पाइन्छ । धेरै देशका अदालतमा सो प्रकृतिका मुद्दा दर्ता हुने कारबाही हुने गरेका छन् ।

क्यानडाको क्रिमिनल कोडको २१९ बुँदामा केलाई क्रिमिनल नेग्लिजेन्स भनेर मान्न सकिने भनेर स्पष्ट व्यवस्था गरेको छ ।

त्यस्तै, अष्ट्रेलियाको क्रिमिनल कोड एक्ट १९९५ ले पनि क्रिमिनल नेग्लिजेन्स सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । सो एक्टको ५.५ मा नेग्लिजेन्ससम्बन्धी व्यवस्थामा ‘उसले परिस्थितिमा एक विवेकशील व्यक्तिले अपनाउने हेरचाहको मानकभन्दा यस्तो ठूलो चूक गर्छ’ र त्यो भौतिक तत्व (शारीरिक क्षति, सम्पत्तिको हानि आदि) अस्तित्वमा रहेको वा रहने यस्तो उच्च जोखिम रहन्छ’ भने उक्त आचरणले उक्त अपराधको लागि आपराधिक सजायको लागि योग्य ठहर्छ, उक्त एक्टमा भनिएको छ ।

त्यस्तै, यूकेको प्राक्टिकल ल मा सम्बन्धित व्यक्तिबाट अपेक्षा गरिएको मापदण्डभन्दा कम हुनु वा भुल हुनुलाई नेग्लिजेन्सको रूपमा परिभाषित गरिएको छ ।

परिभाषा र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई हेर्दा गृहमन्त्री अर्यालले भदौ २३ र २४ को क्रममा तत्कालीन प्रधानमन्त्रीको स्तरबाट निभाउनुपर्ने भूमिका ननिभाएको भन्ने अर्थमा ओलीलाई आपराधिक क्रिमिनल नेग्लिजेन्स अथवा आपराधिक लापरवाही गरेको भनेर टिप्पणी गरेको देखिन्छ ।

जेनजी आन्दोलनमा भएको घटनाको छानबिनको लागि गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग बनेको छ । जसले छानबिनको प्रक्रिया अगाडि बढाउँदै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिलाई उपत्यका नछाड्न पनि आदेश दिएको छ ।

गृहमन्त्री अर्यालले भनेजस्तै आयोगले पनि प्रधानमन्त्री ओलीले क्रिमिनल नेग्लिजेन्सी गरेको प्रतिवेदन तयार गरेमा विभिन्न अन्तर्राष्ट्रिय कानुन र अभ्यासअनुसार उनीमाथि आपराधिक मुद्दा चल्नसक्ने देखिन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ६ : १० बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले