समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : संयोजक प्रचण्ड « Khabarhub

समयमै निर्वाचन र जेनजीका माग सम्बोधन हुने गरी संविधान संशोधन जरुरी : संयोजक प्रचण्ड


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर (धनुषा)- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समय भइ जेनजीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

रामगोपालपुर नगर कमिटीको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधान निर्वाचन भएको बताए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन”, उनले भने ।

उनले जेनजीले उठाएका विभिन्न मुद्दा सम्बोधन हुनुपर्नेमा पनि जोड दिए । उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको पनि आवश्यकता औँल्याए ।।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ७ : ०१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी