एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै « Khabarhub

एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

सोमपाल र रोहितको प्रतिस्पर्धा
शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार पौडेलका टिमको हो । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने सोमपाल नियमित खेलाडी हुन्।

पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार पहिलो जितको खोजीमा हुनेछ । कर्णालीको प्रतिस्पर्धी टिम लुम्बिनी लायन्सका कप्तान पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् । पहिलो खेलमा चितवलाई ६ विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलमा करण केसी र सन्दीप लामिछानेको भिडन्त
शनिबारको दोस्रो खेलसमेत महत्त्वपूर्ण छ । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण काठमाडौंका कप्तान हुन् भने सन्दीपले विराटनगरको कप्तानी गरेका छन् ।

करण नेतृत्वको काठमाडौंले दुई खेल खेलिसक्दा एक हार र एक जित गर्दै दुई अंक मात्र जोडेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको छ ।

एक खेल मात्र खेलेको विराटनगरको दुई अंक छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको हो । आजको खेलबाट काठमाण्डु पुनरागमन गर्न चाहन्छ भने विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

एनपीएल सिजन–२
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ .(क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०२ बजे

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद : खसआर्य १७, जनजाति १६, मधेशी ९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा– बगनासकाली गाउँपालिका –२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु