एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै « Khabarhub

एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।

सोमपाल र रोहितको प्रतिस्पर्धा
शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान रोहितकुमार पौडेलका टिमको हो । रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने सोमपाल नियमित खेलाडी हुन्।

पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली शनिबार पहिलो जितको खोजीमा हुनेछ । कर्णालीको प्रतिस्पर्धी टिम लुम्बिनी लायन्सका कप्तान पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत हुन् । पहिलो खेलमा चितवलाई ६ विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । लुम्बिनी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

दोस्रो खेलमा करण केसी र सन्दीप लामिछानेको भिडन्त
शनिबारको दोस्रो खेलसमेत महत्त्वपूर्ण छ । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण काठमाडौंका कप्तान हुन् भने सन्दीपले विराटनगरको कप्तानी गरेका छन् ।

करण नेतृत्वको काठमाडौंले दुई खेल खेलिसक्दा एक हार र एक जित गर्दै दुई अंक मात्र जोडेको छ । पहिलो खेलमा जनकपुर बोल्टसलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको छ ।

एक खेल मात्र खेलेको विराटनगरको दुई अंक छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले हराएको हो । आजको खेलबाट काठमाण्डु पुनरागमन गर्न चाहन्छ भने विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

एनपीएल सिजन–२
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ .(क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ०२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक