तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण « Khabarhub

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन ।

गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण सकिएको छैन ।

२०७८ साल कात्तिक २० गते निर्माण सुरु गरी १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद रहेपनि हालसम्म तीन पटक म्याद थप भइसकेको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । हालसम्म भवनको काम ७० प्रतिशत सकिएको छ । पछिल्लो पटक थप भएको म्यादअनुसार आगामी पुससम्म काम सम्पन्न गर्ने अवधि छ ।

उनले भने, ‘कास्की र तनहुँमा एकैसाथ भवन निर्माण सुरु भएको थियो, कास्कीमा सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । तर तनहुँमा निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै काम हुन सकेन ।’

गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण सुरु गरिएको थियो । समयमै भवन नबन्दा एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अधिकारीको भनाइ छ ।

भवन निर्माणका लागि चार करोड लागतमा चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । ६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् ।

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । (रासस)

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ८ : ४७ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका