एनपीएल क्रिकेट : लुम्बिनीले गुमायो पहिलो विकेट « Khabarhub

एनपीएल क्रिकेट : लुम्बिनीले गुमायो पहिलो विकेट


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ ।

लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए । लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ । यो समाचार तयार पार्दासम्म लुम्बिनीले ६ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ ।

लुम्बिनीको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलिप नाथ, डि आर्की सर्ट, गुलबदिन नाइब, जेजे स्मिथ, रुबेन ट्रम्पेलमान, अभिषेस गौतम, शेर मल्ल, समिर अली मसलमान र सुमित महर्जन छन् ।

साथै कर्णाली याक्सको प्लेइङ–११ मा कप्तान सोमपाल कामी, पवन सरार्फ, नजिबुल्लाह जर्दान, अर्जुन घर्ती, गुलशन झा, युवराज खत्री, विपिन शर्मा, नन्दन यादव, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, मार्क वाट छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ११ : ५० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको