शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो « Khabarhub

शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेका छ । विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो । 
    
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले जलीय जैविक विविधताको प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षाको संवद्र्धन भन्ने नारासहित माछाका भुरा छोडिएको जानकारी दिए । 

प्राकृतिक हिसाबले स्थानीय प्रजातिका माछाका भुरा यहाँको वातावरणमा बढ्न र हुर्कन मद्दत पुग्ने भएकाले राहु, नैनी र कमन प्रजातिका माछाका भुरा छोडिएको कुमालको भनाइ छ । यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले पर्यटनसँगै संरक्षणलाई जोड दिने आफूहरूको प्रयास रहेको डा कुमालले बताए । 
    
मत्स्यविकास केन्द्र भण्डारा चितवनमा हुर्काइएको माछाका भुरा ल्याएर प्राकृतिक तालमा छोडिएको उनले जानकारी दिए । विगतका वर्षमा नारायणी नदीमा माछाका भुरा छोड्ने गरिएको भए पनि यसपटक तालमा छोड्नुको मुख्य उद्देश्य भनेको संरक्षण र पर्यटनलाई जोड्नु नै भएको उनले बताए ।

‘संरक्षणसँगै पर्यटकीय गतिविधिलाई अगाडि बढाउँदा दिगो हुन्छ’, उनले भने, ‘यो ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेकाले हामीले संरक्षणमा जोड दिएका हौँ ।’ 
    
नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको उनले बताए। 
    
किसानले भने नेपालका सबै ठाउँमा सबै सिजनमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् । नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले माछापालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताए । 
    
सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेसिन, माछालाई चाहिने अक्सिजन, पोखरी खन्न अनुदान दिँदै आएको भए पनि पर्याप्त नभएको किसानको भनाइ छ । 
 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १२ : २२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल