लुम्बिनीका कप्तान रोहितले ब्याटिङ उकास्दा कर्णालीले पायो १५७ रनको लक्ष्य « Khabarhub

लुम्बिनीका कप्तान रोहितले ब्याटिङ उकास्दा कर्णालीले पायो १५७ रनको लक्ष्य


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो ।

लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए । ४३ बलमा उनले चार चौका र २ छक्का प्रहार गरेका थिए । उनी लुम्बिनीका सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गराए ।

नामिबियाका बलरसमेत रहेका रुबेन ट्रम्पलम्यानले लुम्बिनीको ब्याटिङलाई उकास्न महत्वपूर्ण भूमिका खेले । १६ ओभरको चौथो बलमा छटौँ विकेटका रुपमा कप्तान रोहित आउट भएपछि ट्रम्पलम्यान क्रिजमा आएका थिए । उनले १४ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजीत २९ रन जोडे । उनले टिमका लागि दोस्रो सबैभन्दा धेरै रन जोडे ।

यस खेलमा लुम्बिनीका ओपनर सन्दीप जोरा ८ बल खर्चेर १ रन बनाएर आउट भए । अर्का ओपनर डी आर्सी सर्ट पनि सस्तैमा आउट भए । सर्टले १४ बलमा चार चौका हान्दै १९ रन जोडे । लुम्बिनीका जेजे स्मिटले २३ रन जोड्न १४ बलमा २ चौका र एक छक्का प्रहार गरे । लुम्बिनीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले सार्वधिक दुई विकेट लिए भने सबैभन्दा बढी रन उनैले खर्चिए । यादवले ओपनर सन्दीप जोरा र जेजे स्मिटको विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३८ रन खर्चिए । गुल्सन झा, मार्क वाट, विपीन शर्मा, युवराज खत्री र सोमापल कामीले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १२ : ५४ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने