लुम्बिनीका कप्तान रोहितले ब्याटिङ उकास्दा कर्णालीले पायो १५७ रनको लक्ष्य « Khabarhub

लुम्बिनीका कप्तान रोहितले ब्याटिङ उकास्दा कर्णालीले पायो १५७ रनको लक्ष्य


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो ।

लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए । ४३ बलमा उनले चार चौका र २ छक्का प्रहार गरेका थिए । उनी लुम्बिनीका सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गराए ।

नामिबियाका बलरसमेत रहेका रुबेन ट्रम्पलम्यानले लुम्बिनीको ब्याटिङलाई उकास्न महत्वपूर्ण भूमिका खेले । १६ ओभरको चौथो बलमा छटौँ विकेटका रुपमा कप्तान रोहित आउट भएपछि ट्रम्पलम्यान क्रिजमा आएका थिए । उनले १४ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजीत २९ रन जोडे । उनले टिमका लागि दोस्रो सबैभन्दा धेरै रन जोडे ।

यस खेलमा लुम्बिनीका ओपनर सन्दीप जोरा ८ बल खर्चेर १ रन बनाएर आउट भए । अर्का ओपनर डी आर्सी सर्ट पनि सस्तैमा आउट भए । सर्टले १४ बलमा चार चौका हान्दै १९ रन जोडे । लुम्बिनीका जेजे स्मिटले २३ रन जोड्न १४ बलमा २ चौका र एक छक्का प्रहार गरे । लुम्बिनीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले सार्वधिक दुई विकेट लिए भने सबैभन्दा बढी रन उनैले खर्चिए । यादवले ओपनर सन्दीप जोरा र जेजे स्मिटको विकेट लिए । चार ओभर बलिङ गर्दा उनले ३८ रन खर्चिए । गुल्सन झा, मार्क वाट, विपीन शर्मा, युवराज खत्री र सोमापल कामीले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १२ : ५४ बजे

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

काठमाडौं– धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै