लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ? « Khabarhub

लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ?


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सका ओपनर मार्क वाटले अर्धशतक प्रहार गरेका छन् । वाटले २९ बलमा ३ चौका ५ छक्काको सहयोगमा ५४ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । यो जारी सिजनको १० औं अर्धशतक हो ।

सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने दुई खेलाडी पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका रवि बोपारा हुन् ।

पोखराका कप्तान कुशलको नाममा पाँचौ र नवौं अर्धशतक छ । सिजनको छटौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको नवौँ छक्का प्रहार गरेका हुन् । त्यसअघि सिजनको तेस्रो खेलमा जवाफी ब्याटिङका क्रममा भुर्तेलले विराटनगर किङ्ग्सविरुद्ध जावाफी ब्याटिङमा उनले ५९ रन जोडेका थिए । यो एनपीएलको पाँचौ अर्धशतक हो ।

चितवनका बोपाराको नाममा सिजनको तेस्रो र सातौं अर्धशतक छ । यस सिजनमा अर्धशतक प्रहार गर्ने उनी पहिलो हुन् । उनले सिजनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५२ रन जोडेका थिए । यो सिजनको तेस्रो अर्धशतक हो ।

बोपाराले सिजनको पाँचौ खेलमा लुम्बिनी लायन्सविरुद्ध सिजनको व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गरे । यस खेलमा उनले ५५ बलमा ६६ रन जोडेका थिए । समग्रमा यो सिजनको सातौँ अर्धशतक हो । यो सिजनमा पहिलो अर्धशक प्रहार गर्ने जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । सिजनको दोस्रो अर्धशतक प्रहार गर्ने कर्णालीका प्रियाङ्क पञ्चाल हुन् ।

उनले एपीएल अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । सोही खेलमा जवाफी ब्याटिङका क्रममा चितवनका रवि बोपाराले कर्णालीविरुद्ध ५२ रन प्रहार गर्दै यो सिजनको तेस्रो अर्धशक आफ्नो नाममा सुरक्षित गरे । विराटनगर किङ्ग्सका ओपनर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध सिजनको चौथो अर्धशतक प्रहार गरे । यो सिजनको तेस्रो खेलका क्रममा उनले अर्धशतक प्रहार गरेका हुन्

उक्त खेलमै विराटनगरकै ब्याटर मार्टिन गुप्टिलले ६१ रन प्रहार गर्दै पाँचौ अर्धशतक प्रहार गरे । सिजनको छैटौं अर्धशतक सुदूरपश्चिम रोयलसका हरमित सिंहले प्रहार गरेका हुन् । सिजनको चौथो खेलमा उनले काठमाडौं गोर्खाजलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा २० बलमा ५३ रन जोडेका हुन् । सिजनको आठौ अर्धशतक सुदूरपश्चिम रोयल्सका जोश ब्राउनको नाममा छ । उनले सिजनको छटौं खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३५ बलमा ६८ रन जोडे ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ४६ बजे

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी