लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ? « Khabarhub

लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ?


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सका ओपनर मार्क वाटले अर्धशतक प्रहार गरेका छन् । वाटले २९ बलमा ३ चौका ५ छक्काको सहयोगमा ५४ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । यो जारी सिजनको १० औं अर्धशतक हो ।

सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने दुई खेलाडी पोखरा एभेन्जर्सका कुशल भुर्तेल र चितवन राइनोजका रवि बोपारा हुन् ।

पोखराका कप्तान कुशलको नाममा पाँचौ र नवौं अर्धशतक छ । सिजनको छटौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको नवौँ छक्का प्रहार गरेका हुन् । त्यसअघि सिजनको तेस्रो खेलमा जवाफी ब्याटिङका क्रममा भुर्तेलले विराटनगर किङ्ग्सविरुद्ध जावाफी ब्याटिङमा उनले ५९ रन जोडेका थिए । यो एनपीएलको पाँचौ अर्धशतक हो ।

चितवनका बोपाराको नाममा सिजनको तेस्रो र सातौं अर्धशतक छ । यस सिजनमा अर्धशतक प्रहार गर्ने उनी पहिलो हुन् । उनले सिजनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५२ रन जोडेका थिए । यो सिजनको तेस्रो अर्धशतक हो ।

बोपाराले सिजनको पाँचौ खेलमा लुम्बिनी लायन्सविरुद्ध सिजनको व्यक्तिगत दोस्रो अर्धशतक प्रहार गरे । यस खेलमा उनले ५५ बलमा ६६ रन जोडेका थिए । समग्रमा यो सिजनको सातौँ अर्धशतक हो । यो सिजनमा पहिलो अर्धशक प्रहार गर्ने जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । सिजनको दोस्रो अर्धशतक प्रहार गर्ने कर्णालीका प्रियाङ्क पञ्चाल हुन् ।

उनले एपीएल अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । सोही खेलमा जवाफी ब्याटिङका क्रममा चितवनका रवि बोपाराले कर्णालीविरुद्ध ५२ रन प्रहार गर्दै यो सिजनको तेस्रो अर्धशक आफ्नो नाममा सुरक्षित गरे । विराटनगर किङ्ग्सका ओपनर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध सिजनको चौथो अर्धशतक प्रहार गरे । यो सिजनको तेस्रो खेलका क्रममा उनले अर्धशतक प्रहार गरेका हुन्

उक्त खेलमै विराटनगरकै ब्याटर मार्टिन गुप्टिलले ६१ रन प्रहार गर्दै पाँचौ अर्धशतक प्रहार गरे । सिजनको छैटौं अर्धशतक सुदूरपश्चिम रोयलसका हरमित सिंहले प्रहार गरेका हुन् । सिजनको चौथो खेलमा उनले काठमाडौं गोर्खाजलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा २० बलमा ५३ रन जोडेका हुन् । सिजनको आठौ अर्धशतक सुदूरपश्चिम रोयल्सका जोश ब्राउनको नाममा छ । उनले सिजनको छटौं खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३५ बलमा ६८ रन जोडे ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ४६ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको