व्यावसायिक पशुपालनप्रति गुल्मीका किसानको बढ्दो आकर्षण « Khabarhub

व्यावसायिक पशुपालनप्रति गुल्मीका किसानको बढ्दो आकर्षण


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी– व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान पुनःपशुपालनमा आकर्षित हुन थालेका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१-८२ मा किसानले पशुजन्य उत्पादनबाट चार अर्बभन्दा बढी कारोबार गरेको जानकारी दिए । 

केन्द्रका अनुसार गत आवमा चार अर्ब ५९ करोड २९ लाखभन्दा बढी मासु, दूध र अण्डा उत्पादन भएको छ । जसमा रु एक अर्ब ८४ करोड ३८ लाखको दूध मात्रै उत्पादन भएको छ । 

केन्द्रका अनुसार गत आवमा गाईको दूध छ हजार ३८१ मेट्रिकटन र भैँसीको दूध १६ हजार ४३७ मेट्रिकटन उत्पादन भएको थियो । जिल्लामा आर्थिक वर्ष २०८०-८१ को तुलनामा आर्थिक वर्ष २०८१-८२ मा २ दशमलव ५१ प्रतिशतले दूधको उत्पादनमा वृद्धि भएको केन्द्रको भनाइ छ ।
    
हाल जिल्लाबाट दैनिक एक हजार ५०० लिटर दूध अन्य जिल्लामा जाने गरेको छ । जिल्लाका सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा तुलनात्मक रुपमा बढी दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने दूध रूपन्देही र पोखरा पठाउने गरिएको छ । 
 
गुल्मीमा गत आवमा रु दुई अर्ब ५८ लाख २३ हजार बराबरको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लाबाट १५ हजार खसीबोका, एक हजार ९०० राँगाभैँसी र पाँच लाख ४७ हजार ५०० लिटर दूध जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : ५६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु