व्यावसायिक पशुपालनप्रति गुल्मीका किसानको बढ्दो आकर्षण « Khabarhub

व्यावसायिक पशुपालनप्रति गुल्मीका किसानको बढ्दो आकर्षण


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी– व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान पुनःपशुपालनमा आकर्षित हुन थालेका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१-८२ मा किसानले पशुजन्य उत्पादनबाट चार अर्बभन्दा बढी कारोबार गरेको जानकारी दिए । 

केन्द्रका अनुसार गत आवमा चार अर्ब ५९ करोड २९ लाखभन्दा बढी मासु, दूध र अण्डा उत्पादन भएको छ । जसमा रु एक अर्ब ८४ करोड ३८ लाखको दूध मात्रै उत्पादन भएको छ । 

केन्द्रका अनुसार गत आवमा गाईको दूध छ हजार ३८१ मेट्रिकटन र भैँसीको दूध १६ हजार ४३७ मेट्रिकटन उत्पादन भएको थियो । जिल्लामा आर्थिक वर्ष २०८०-८१ को तुलनामा आर्थिक वर्ष २०८१-८२ मा २ दशमलव ५१ प्रतिशतले दूधको उत्पादनमा वृद्धि भएको केन्द्रको भनाइ छ ।
    
हाल जिल्लाबाट दैनिक एक हजार ५०० लिटर दूध अन्य जिल्लामा जाने गरेको छ । जिल्लाका सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा तुलनात्मक रुपमा बढी दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादन हुने दूध रूपन्देही र पोखरा पठाउने गरिएको छ । 
 
गुल्मीमा गत आवमा रु दुई अर्ब ५८ लाख २३ हजार बराबरको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लाबाट १५ हजार खसीबोका, एक हजार ९०० राँगाभैँसी र पाँच लाख ४७ हजार ५०० लिटर दूध जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : ५६ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका