काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य « Khabarhub

काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको काठमाडौं गुखार्जले विराटनगर किङ्ग्सलाई १३५ रनको सहज लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन जोडेको हो ।

पाँचौ विकेट गुमेपपछि १२ ओभरको अन्तिम बलमा ब्याटिङमा आएका मोहम्मद आदिल आलमले काठमाडौंका लागि सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा चार चौका र २ छक्का प्रहार गरे ।

आदिल ब्याटिङमा जानुअघि काठमाडौं पाँच विकेटको क्षतिमा ५६ रनको अवस्थामा थियो ।

सन्तोष यादवले २४ बलमा २६ रन जोडे । काठमाडौंको ब्याटिङ उकास्न उनको ब्याटिङ पनि महत्त्वपूर्ण रह्यो । दोस्रो सर्वाधिक रन ओपनर बेन चार्ल्सवर्थले जोडे । उनले ३३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

बेनलाई विराटनगरका शुभम रञ्जनेले नरेन भट्टमार्फत् क्याच आउट गराएका हुन् । ओपनर आकश त्रिपाठीले रनको खाता नखोली पहिलो ओभरको पाँचौ बलमा आउट भए ।

रिकार्डो भास्कोन्सेलोस र प्रतीक श्रेष्ठ जस्ता सुरुवाती क्रमका ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ मर्चेन्ट डे लाङ्गेले ओपनर त्रिपाठी र ब्याटर प्रतीक श्रेष्ठलाई आउट गराए । उनले चार ओभर बलिङ गर्दा १७ रन दिए ।

सूर्य तामाङले काठमाडौंका अर्का महत्वपूर्ण ब्याटर गेरहार्ड इरास्मस विकेट लिए ।

सन्दीप लामिछानेले एक विकेट लिए । चार ओभर बलिङ गरेका प्रतीस जीसी खर्चिलो बलर सावित भए । उनले ३७ रन खर्चिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : ०९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको