ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना३४प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोकबहादुर थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका थारूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

दुर्घटनापछि ट्रकका चालक बाराको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय लक्ष्मीप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको नेपालले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ०५ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना