बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने « Khabarhub

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारकाे समुहबीच आइतबार एकता घोषणा हुने भएकाे छ ।

राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै उनीहरूले नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गर्ने सहमति गरेका हुन् ।

नयाँ पार्टी चुनावका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ। चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ। महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहनेछ।

घोषणाअघि तीनै पक्षले आ–आफ्ना बैठक र भेला सम्पन्न गरिसकेका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्माले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल गरेका बुझिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : २४ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा