विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न « Khabarhub

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा – विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भगवान् रामको स्वरुपमा रहेका किशोरले धनुष तोडेका हुन् ।

त्रेतायुगमा मिथिला नरेश राजर्षि जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा यहाँ हरेक वर्ष महोत्सव हुँदै आएको छ । यस वर्ष पनि महोत्सवका कार्यक्रम सञ्चालनमा रहेका छन् भने त्यही क्रममा आज धनुष यज्ञ मनाइएको हो । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नुपर्ने प्रण लिएका थिए ।

त्यसका लागि आयोजित सभामा सहभागी अरु कसैले प्रत्यन्चा चढाउन नसकेपछि भगवान् रामले त्यो काम गर्न खोजेपछि धनुष तीन टुक्रा भएको इतिहास छ । त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मीकि रामायणमा उल्लेख रहेको छ । अब आइतबार राम मन्दिरमा तिलकोत्सव कार्यक्रम हुनेछ ।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताका बुबा र राम मन्दिरका महन्थराम गिरी रामका बुबाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन् ।विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ । विवाहपञ्चमी महोत्सव हेर्न नेपाल तथा भारतका साधुसन्तसहित लाखौँ श्रद्धालु जनकपुरधाम आउने गरेका छन् ।

सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज धनुष यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाहोत्सव र मङ्सिर १० गते बुधबार अन्तिम दिन रामकलेवा गर्दै महोत्सव समापन गरिनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ३५ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।