पाकिस्तान पर्‍यो सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा « Khabarhub

पाकिस्तान पर्‍यो सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान सबैभन्दा कम ‘सहनशील’ मुलुकको सूचीमा परेको छ । हालै हेन्ले एण्ड पार्टनर्सले जारी गरेको लगानी जोखिम तथा सहनशीलता सूचकांकमा पाकिस्तानमा सबैभन्दा कम सहनशील मुलुकको सूचीमा परेको हो ।

उक्त सूचकांकमा पाकिस्तान २ सय २६ मुलुकमध्ये २ सय २२ औँ स्थानमा परेको छ । यस तथ्याङ्कबाट आर्थिक समस्याका कारण उत्पन्न हुने झड्का सहन गर्ने पाकिस्तानको क्षमता कमजोर रहेको प्रष्ट हुने फ्राइडे टाइम्सले जनाएको छ ।

संरचनागत कमजोरी, चक्रीय हस्तक्षेपमा निर्भरताजस्ता कारणले पाकिस्तानको स्तर कमजोर देखिएको समाचारमा जनाइएको छ । राजनीतिक र शासन संयन्त्रको हकमा पछिल्ला केही दशकयता पाकिस्तानमा लगानीकर्ताहरूले उल्लेखनीय नीतिगत अस्थीरताको सामना गरिरहेका छन् ।

वित्तीय र आर्थिक हिसाबमा पनि पाकिस्तानको कर–जीडीपी अनुपात १०.६% कायम छ । यो अपर्याप्त रहेको जानकारहरु बताउँछन् । यस कारण राज्यलाई सार्वजनिक खर्चको वित्तीय व्यवस्थापन गर्नका लागि ऋण लिनुपर्ने बाध्यता छ ।

हालै आएको बाढीले करिब २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति पु¥याएको अनुमान गरिएको छ । यसबाट पनि पाकिस्तानी अर्थव्यवस्थामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : ५६ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले