आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर २२ तारिख । पौष शुक्ल पक्षको द्वितिया उपरान्त तृतिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृष : शुभग्रहको बहुमत रहेको छ । सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट : दिन सहज छ । आज गरेका काम दीर्घकालसम्म रहनेछन् । काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यमा सेवाको अवसर मिल्नेछ । परिवारमा उत्साह थपिने दिन छ ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ । अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ ।

कन्या : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । सानो कुराले मनमा खटपटी भए पनि गुरुसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । घुम्ने अवसर प्राप्त होला ।

तुला : आम्दानी बढ्नेछ । साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ । दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ । धन आर्जन गर्ने समय आएको छ । सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ । कुनै सरकारी पदमा भए बढुवा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ ।

मकर : दिन सामान्य छ । साथीभाइले आक्रामण गर्ने जोखिम छ । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

कुम्भ : शुभग्रहको पहुँचले काम बन्नेछ । धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ । रोगको जोखिम बढ्नेछ । साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ ।

मीन : सोचेको काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । मनमा झन्झट बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : १३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज