पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार « Khabarhub

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ। दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रनको बनाएको थियो। उसका लागि समिर मिन्हासले ११३ बलमा १७२ रन बनाउँदै भारतविरुद्ध सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान नै बनाए। उसका लागि अहमद हुसैनले ५६ रन बनाएका थिए। भारतका लागि दिपेन्द्र देवेन्द्रनले तीन विकेट हात पार्दा खिलन पटेल र हेनिल पटेलले दुईदुई विकेट लिएका थिए।

३४८ रनको लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो।

नेपाललेसमेत भाग लिएको यस प्रतियोगितामा नेपाल जितबिहिन बन्दै समूह चरणबाट बाहिरिएको थियो। आठ टिम सहभागी प्रतियोगिताको समूहचरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया भने बाहिरिएका थिए।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ५४ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको