कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा « Khabarhub

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

‘अब नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्छु भनेर कांग्रेस लाग्नुपर्छ’, थापाले सम्बोधन गर्दै भने । उनले अहिलेसम्म भएका गल्तीप्रति सबैले क्षमा माग्नुपर्ने बताए ।

महामन्त्री थापाले आफू १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार भएकाले सबैले सहयोग गर्ने अपेक्षासमेत गरेको बताए ।

उनले पार्टी महाधिवेशन पार्टी नेतृत्व मात्र नभएर नयाँ पार्टी बनाउने कामसमेत भएको बताए । ‘म १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार हुँ । महाधिवेशन आन्तरिक कुरा मात्र होइन । अधिवेशन नेतृत्व नयाँ बनाउने कुरा मात्र होइन पार्टी नयाँ बनाउने काम पनि हो’, थापाले भने ।

अधिवेशन नगरेसम्म फागुन २१ को चुनावमा कांग्रेस पार्टी नजाने भएकाले नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट समस्या समाधान हुने उनले प्रष्ट पारे । महामन्त्री थापाले यो महाधिवेशनमा दोस्रो चरणमा प्रवेश नगरी पहिलो चरणमै टुंग्याउने गरी सहयोग गर्नसमेत अपिल गरेका छन् ।

आफू पार्टी सभापतिको उम्मेदवार भएकाले आफ्नो क्षेत्र तागत बन्नुपर्नेमा उनले जोड दिएका छन् । काठमाडौं ४ बाट नै आफू केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म बन्दा यो क्षेत्र तागत बनेकाले अहिले यो क्षेत्रको सहयोग महत्त्वपूर्ण भएको प्रष्ट पारे ।

महामन्त्री थापाले संविधानलाई ट्याकमा ल्याउन फागुन २१ गते चुनाव आवश्यक भएकोमा जोड दिए । उनले चुनाव नभए मुलुक ठुलो अनिश्चिततामा जाने भन्दै सबैलाई चुनावमा लाग्नसमेत जोड दिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ३४ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते