जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा… « Khabarhub

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो घर जलेपछि काठमाडौंमा डेरा नपाएको पीडा सुनाएका छन् ।

सोमबार बिहान काठमाडौं–४ का आफ्ना कार्यकर्तासँगको भेटलाई सम्बोधन गर्दै उनले यो अनुभव सुनाएका हुन् । धुम्बाराहीमा आयोजित कार्यकर्ता र शुभचिन्तकसँगको भेटलाई सम्बोधन गर्दै उनले घर जल्दाको संकट र त्यसपछि डेरा खोज्दाको अनुभव सुनाएका हुन् । डेरा भेटिए पनि गगन थापा बस्ने भनेपछि विभिन्न बहाना बनाएर डेरा नदिएको भन्दै उनले दुःख साटेका हुन् ।

‘घर जलेपछि त्यहाँबाट निस्कियौँ । म चाहिँ त्यही घरमा बसेको र त्यही घरमा हुर्किएको । डेराको बारे थाहा पनि थिएन । बानेश्वरतिर साथीहरुले एउटा डेरा खोजेको, हुन्छ–हुन्छ भन्नुभएछ ।अनि को बस्ने भनेको फलानो भनेपछि त पहिला हुन्छ भनेको पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनु भएछ । हाम्रो हालत त त्यो थियो नि पहिला’, महामन्त्री थापाले डेरा खोज्दाको अनुभव सुनाउँदै भने ।

थापाले बानेश्वरमा डेरा नपाएपछि अहिले बूढानीलकण्ठको चपलीमा बस्दै आएको जानकारी दिए। ‘बानेश्वरमा डेरा नपाएपछि खोज्दै जाँदै गर्दा मेरो श्रीमतीले भाइटीका लगाउने गरेको दाइ, उहाँहरुको पुरानो घर, त्यहाँ पहिला स्कुल बसेको, अहिले सरेको, ठ्याक्क समय मिल्यो । केही समय खाली भएको ठाउँ, त्यहाँ बसिरहेको छु।’

आफू जन्मेहुर्केको रातोपुलको घर पुनर्निर्माण हुन केही समय लाग्ने र पुनर्निर्माण भइसकेपछि फर्किने उनले प्रष्ट पारेका छन् ।

‘मेरो घर वाल सिस्टम भएकाले पुरै भत्काएर बनाउनुपर्ने भएकाले केही समय लाग्छ । केही समय लाग्छ घर बनेपछि त्यही आउने हो’, थापाले भने ।

थापाले जेनजी आन्दोलनको क्रममा घरमा आगो लगोपछि साथीहरु र पार्टी कार्यकर्ताले उद्धार गरेकोसमेत सम्झना गरे। उनले ठुलो संकटको समयमा आफ्नो घरको क्षतिलाई आफूले सामान्य रुपमा लिएकोसमेत बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ११ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी