जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा… « Khabarhub

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो घर जलेपछि काठमाडौंमा डेरा नपाएको पीडा सुनाएका छन् ।

सोमबार बिहान काठमाडौं–४ का आफ्ना कार्यकर्तासँगको भेटलाई सम्बोधन गर्दै उनले यो अनुभव सुनाएका हुन् । धुम्बाराहीमा आयोजित कार्यकर्ता र शुभचिन्तकसँगको भेटलाई सम्बोधन गर्दै उनले घर जल्दाको संकट र त्यसपछि डेरा खोज्दाको अनुभव सुनाएका हुन् । डेरा भेटिए पनि गगन थापा बस्ने भनेपछि विभिन्न बहाना बनाएर डेरा नदिएको भन्दै उनले दुःख साटेका हुन् ।

‘घर जलेपछि त्यहाँबाट निस्कियौँ । म चाहिँ त्यही घरमा बसेको र त्यही घरमा हुर्किएको । डेराको बारे थाहा पनि थिएन । बानेश्वरतिर साथीहरुले एउटा डेरा खोजेको, हुन्छ–हुन्छ भन्नुभएछ ।अनि को बस्ने भनेको फलानो भनेपछि त पहिला हुन्छ भनेको पछि त यहाँ पानी आउँदैन भनेर पठाइदिनु भएछ । हाम्रो हालत त त्यो थियो नि पहिला’, महामन्त्री थापाले डेरा खोज्दाको अनुभव सुनाउँदै भने ।

थापाले बानेश्वरमा डेरा नपाएपछि अहिले बूढानीलकण्ठको चपलीमा बस्दै आएको जानकारी दिए। ‘बानेश्वरमा डेरा नपाएपछि खोज्दै जाँदै गर्दा मेरो श्रीमतीले भाइटीका लगाउने गरेको दाइ, उहाँहरुको पुरानो घर, त्यहाँ पहिला स्कुल बसेको, अहिले सरेको, ठ्याक्क समय मिल्यो । केही समय खाली भएको ठाउँ, त्यहाँ बसिरहेको छु।’

आफू जन्मेहुर्केको रातोपुलको घर पुनर्निर्माण हुन केही समय लाग्ने र पुनर्निर्माण भइसकेपछि फर्किने उनले प्रष्ट पारेका छन् ।

‘मेरो घर वाल सिस्टम भएकाले पुरै भत्काएर बनाउनुपर्ने भएकाले केही समय लाग्छ । केही समय लाग्छ घर बनेपछि त्यही आउने हो’, थापाले भने ।

थापाले जेनजी आन्दोलनको क्रममा घरमा आगो लगोपछि साथीहरु र पार्टी कार्यकर्ताले उद्धार गरेकोसमेत सम्झना गरे। उनले ठुलो संकटको समयमा आफ्नो घरको क्षतिलाई आफूले सामान्य रुपमा लिएकोसमेत बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ११ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक