निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की « Khabarhub

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे गृह मन्त्रालयमा हुने छलफलमा निर्वाचन तयारीको विषयमा निर्वाचन आयोगको प्रस्तुतिकरणसमेत रहेनछ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँगै निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनेछन् । निर्वाचनको विषयमा प्रमुख दलले आशंका व्यक्त गरेपछि सरकारले छलफलका लागि बोलाएको हो । छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको तयारीको विषयमा जानकारी गराउने छन् ।

सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावका विषयमा नेकपा एमालेले प्रश्न गर्दै आएको छ । पछिल्ला दिनमा जेनजीको केही समूहलेसमेत निर्वाचन हुन नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सरकारले प्रमुख दलसँग छलफल गर्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन कार्यतालिकाको विषयमा गम्भीर छलफल हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : २६ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित