काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस « Khabarhub

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्ती देवी पोखरेलको नाम सिफारिस गरिएको छ।

पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस गरिएको हो ।

पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।

सामाजिक सेवा, महिला सशक्तीकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी पोखरेल काठमाडौं क्षेत्र नं.२ मा अत्यन्तै लोकप्रिय नेतृका रूपमा परिचित रहँदै आएकी छन् ।

स्थानीय तहमा उनको निरन्तर उपस्थिति, जनसमस्यामा प्रत्यक्ष संलग्नता र जनतासँगको नजिकको सम्बन्धले उनलाई प्रभावशाली राजनीतिक व्यक्तित्वको रूपमा स्थापित गरेको बताइएको छ।

पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रीय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ। 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : १७ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा