काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन् ।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।
उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे । राईले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउँदै निर्वाचन हुने अवस्था आए आफूहरू निर्वाचनका लागि तयार रहेको बताए ।
उनले संविधानलाई लिकमा ल्याउनका लागि संसद् पुनर्स्थापना, र्सवपक्षिय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने जिकिर गरे ।
सचिव राईले एघारौँ महाधिवेशनको क्रममा स्पष्ट दुई प्यानलमा नेतृत्वका लागि निर्वाचन भएको भए पनि पार्टी एक ढिक्का रहेको बताए । उनले हारेकाहरूको सम्मान र जित्नेहरूलाई सहयोग गर्ने गरी पार्टी जिम्मेवारी दिने जानकारी दिए ।













प्रतिक्रिया