१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा « Khabarhub

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

सोमबार काठमाडौंमा काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार भएको बताएका हुन् ।

उनले समयमा नै पार्टीको महाधिवेशन गर्न आफू क्रियाशील रहे पनि विभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताए ।

अहिले पनि केही नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको भन्दै उनले पार्टीको महाधिवेशन सम्पन्न नभई आम निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे । उनले नियमित महाधिवेशनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्ने बताए ।

त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनै पनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उनको भनाइ छ । 

उनले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिबद्धता जनाउनुपर्ने बताए । अब पनि तोकिएको  समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ फर्कने उनले बताए ।  

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : २१ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने