बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार « Khabarhub

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा रोक्न चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको बक्स अफिस रिपोर्ट तीन महिनायता साप्ताहिक रूपमा सार्वजनिक गर्दै आएको छ ।

बोर्डले साप्ताहिक ब्रिफिङ गर्न थालेपछि मेकरहरू बक्स अफिस कलेक्सन बढाउन डराएका देखिन्छन् । यसले दर्शकहरू भ्रममा पर्नबाट केही हदसम्म जोगिएका छन् ।

तर, बोर्डले आफ्नो साप्ताहिक ब्रिफिङमा नायिका सुरक्षा पन्त स्टारर फिल्म ‘धागो’को बक्स अफिस रिपोर्ट समेटेको छैन । प्रचार र अकुपेन्सीमा कमजोर देखिएको यो फिल्म हलमा लागेको केही दिनमै उत्रिएको थियो ।

कात्तिक २८ बाट प्रदर्शनमा आएको ‘धागो’ पहिलो सोमबारबाटै हलबाट उत्रियो । तथापि, केही हलहरूले ३–४ दिन विश्राम दिँदै एक–दुई शो दिएका थिए ।

ब्रिफिङमा सबै फिल्मको व्यापार सार्वजनिक हुँदा ‘धागो’ त्यसमा नसमेटिनुले बोर्डमाथि प्रश्न नउठ्ने कुरै भएन !

‘धागो’को कमजोर व्यापार लुकाउन बोर्डले बक्स अफिस सार्वजनिक गरेन भन्ने कोण फिल्मी क्षेत्रमा चर्चा नभएको पनि होइन ।

यसरी कुनै फिल्मको बक्स अफिस रिपोर्ट ब्रिफिङमा नसेटिनु सामान्य कुरा होइन । यसरी फिल्म छुट्दा वा छुटाइदा सार्वजनिक भएका अन्य फिल्मका बक्स अफिस रिपोर्टमाथि पनि विश्वसनीयता हट्न सक्छ ।

खबरहबको निवेदनमा बोर्डले ‘धागो’को बक्स अफिस उपलब्ध गराएको छ । यो फिल्म हेर्नका लागि जम्मा १२३ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांक छ ।

यस फिल्मको ग्रस कलेक्सन भने यो वर्षकै सर्वाधिक कमजोरमा दोस्रो हो । बोर्डका अनुसार यो फिल्मले ३९ हजार ६२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो वर्षको सबैभन्दा कमजोर व्यापार गर्ने फिल्म ‘हेलो काँशीराम’ हो । जसले ३४ हजार ग्रस कलेक्सन गरेको छ ।

‘धागो’ बक्स अफिस रिपोर्ट साप्ताहिक ब्रिफिङ नपर्नुको कारण कमजोर व्यापार नै रहेको बोर्डको बक्स अफिस शाखाले खबरहबसँग बताएको छ ।

बक्स अफिस शाखाका एक कर्मचारीले भने, ‘कमजोर बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दा मेकरहरुलाई असर पर्छ भनेर हो । पहिला १ लाखभन्दा कम व्यापार गर्ने फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्ने बोर्डको निर्णय थियो । अहिले जति व्यापार गरे पनि बक्स अफिस सार्वजनिक गर्ने निर्णय भएको छ । त्यहीअनुसार पुस ७ को ब्रिफिङमा एक लाखभन्दा कम व्यापार गर्ने फिल्महरुको समावेश छन् ।’

‘धागो’मा एक मात्रै स्टार कलाकार सुरक्षा पन्त छिन् । यस फिल्ममा सुनील थापा र बुद्धि तामाङलगायतको अभियन छ । यसका निर्देशक युदीप राना थापा हुन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : २० बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा