तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल  « Khabarhub

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकहरूको सेवा सुविधाको लागि नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी छ ।

अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो ३ वर्षमा दुई वटा नयाँ माड्युलर अप्रेसन थियटरको निर्माण गर्नुकासाथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी संचालनमा ल्याएको छ । 

सो युनिट स्थापनासँगै क्यान्सर रोगको उपचार सेवा समेत शुरु भएको छ । त्यस्तै इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयहरूमा टेलिमेडिसिन सेवा समेत सञ्चालन गर्दै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सम्बन्धी जानकारी लिन सकिने छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेपाल एपीएफ अस्पताललाई तीन सय शय्या क्षमताको अस्पताल संचालनको लागि २०८१ असोजमा इजाजत पत्र प्राप्त भएपछि सञ्चालनमा ल्याइएको हो । 

त्यस्तै नेपाल सरकार (सचिवस्तर) को मिति २०८० पौष २२ गतेको निर्णयअनुसार नेपाल एपीएफ अस्पतालले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सर्वसाधारणहरूको लागि समेत हेमोडायलेसिस सेवा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ०३ बजे

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर