तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल  « Khabarhub

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकहरूको सेवा सुविधाको लागि नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी छ ।

अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो ३ वर्षमा दुई वटा नयाँ माड्युलर अप्रेसन थियटरको निर्माण गर्नुकासाथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी संचालनमा ल्याएको छ । 

सो युनिट स्थापनासँगै क्यान्सर रोगको उपचार सेवा समेत शुरु भएको छ । त्यस्तै इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयहरूमा टेलिमेडिसिन सेवा समेत सञ्चालन गर्दै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सम्बन्धी जानकारी लिन सकिने छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेपाल एपीएफ अस्पताललाई तीन सय शय्या क्षमताको अस्पताल संचालनको लागि २०८१ असोजमा इजाजत पत्र प्राप्त भएपछि सञ्चालनमा ल्याइएको हो । 

त्यस्तै नेपाल सरकार (सचिवस्तर) को मिति २०८० पौष २२ गतेको निर्णयअनुसार नेपाल एपीएफ अस्पतालले विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सर्वसाधारणहरूको लागि समेत हेमोडायलेसिस सेवा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ०३ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा