नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो « Khabarhub

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।

चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ ।

चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो ।

नबिलले बैंक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैंकले चाइना एभरब्राइट बैंकलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैंकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो ।

नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ  हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैंकको पक्षमा फैसला गरेको थियो ।

त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सक्नेगरी सुइफा आन्हे ग्रुप कम्पनीसँग २०७४ साल फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तर निर्धारित समयमा निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० साल मंसिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : २२ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको