फागुन २१ को निर्वाचन सार्न नमिल्ने नेकपाको अडान, वर्षमानले भने : खेल सुरू भएपछि नियम फेर्न मिल्दैन « Khabarhub

फागुन २१ को निर्वाचन सार्न नमिल्ने नेकपाको अडान, वर्षमानले भने : खेल सुरू भएपछि नियम फेर्न मिल्दैन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा नेता वर्षमान पुनले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सार्न नमिल्ने स्पष्ट धारणा राखेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको निर्वाचन कानुन र व्यवस्थापनसम्बन्धी सर्वपक्षीय छलफलमा बोल्दै पुनले निर्वाचनमा जान आफूहरू तयार रहेको बताएका हुन्।

सोमबार सिंहदरबारमा भएको छलफलमा पूर्वमन्त्रीसमेत रहेका पुनले पछिल्ला तीन महिनामा धेरै प्रगति भएको उल्लेख गर्दै भने, ‘हामी चुनावमा जान र हार्न पनि तयार छौँ ।’

उनले पार्टीलाई नयाँ ढंगले अपडेट गर्न पनि तयार रहेको बताए। पुनले छ महिनाभित्र अर्को संसद् नआए त्यसको विकल्प सडकबाट आउन सक्ने चेतावनीसमेत दिए। ‘सबैले चुनावबाटै निकास खोजौँ भन्ने कुरा ठीक छ’, उनले भने।

निर्वाचन घोषणा भइसकेपछि नियम परिवर्तन गर्न नहुनेमा जोड दिँदै पुनले खेल सुरु भइसकेपछि नियम बदले द्वन्द्व उत्पन्न हुन सक्ने बताए।

‘चुनावको म्याण्डेट पूरा गर्न जे–जे चाहिन्छ, त्यसमा हामी सहयोग गर्न तयार छौँ। तर विश्वव्यापी मान्यता र हाम्रो व्यवहारिक अनुभवले पनि खेल सुरु भएपछि नियम बदल्नु हुँदैन भन्ने देखाउँछ’, उनको भनाइ थियो।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने माग जायज भए पनि निर्वाचन आयोगले के गर्न सक्छ र के सक्दैन भन्ने विषय स्पष्ट पार्नुपर्ने उनले बताए। सबै देशमा सम्भव नभए एक–दुई देशमा पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न सकिने उनको सुझाव थियो।

पुनले सरकारले फागुन २१ गतेको निर्वाचन धकेल्ने कुनै कारण नभएको भन्दै समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ४७ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन